Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

म हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन : ओली

म हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन : ओली


  • 953
    Shares

    म हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन : ओली
    images

    काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेप्न नपाउने बताएका छन् ।

    बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ’म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन, मेरो देश हेपेको सहँदैन।’

    अहिलेको सरकार संविधान, संसद् र लोकतन्त्रमाथि आक्रमण गर्दै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाए। उनले भने, ’यदि समयमा हामीले दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि ढिलो भएछ भनेर पछुतो मान्नु मात्रै हुनेछ। अब नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ।’

    उनले संविधान मिच्ने र संसद् विघटन गर्ने प्रयास कुनै हालतमा सह्य नहुने भन्दै उनले लोकतान्त्रिक शक्तिहरूलाई एक ठाउँ भएर संविधान र लोकतन्त्रको पुनर्बहालीका लागि अघि बढ्न आह्वान गरे।

    उनले विदेशी कम्पनीहरूले नेपालको सार्वभौमिकता र कानुनको सम्मान गर्नुपर्ने बताए । उनले भने, ’यो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो। कसैले पनि हाम्रो संविधान, हाम्रो कानुन र हाम्रो स्वाभिमान हेप्न पाइँदैन।’

    ओलीले अहिलेको सरकार राष्ट्रिय एकताको विपक्षमा र भाँडभैलोको पक्षमा रहेको आरोप लगाउँदै लोकतान्त्रिक सक्तीहरूबिच राष्ट्रिय सहमति र समझदारीको आवश्यकता रहेको बताए।

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १५:२३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij