Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कोरोनाका कारण एकै विश्वविद्यालयका १६ प्रोफेसरको मृत्यु, नयाँ भेरियन्ट विकसित भएको आशंका

कोरोनाका कारण एकै विश्वविद्यालयका १६ प्रोफेसरको मृत्यु, नयाँ भेरियन्ट विकसित भएको आशंका


  • 5.8K
    Shares

    कोरोनाका कारण एकै विश्वविद्यालयका १६ प्रोफेसरको मृत्यु, नयाँ भेरियन्ट विकसित भएको आशंका
    images

    कोरोना भाइरस संक्रमणका कारण भारतको अलीगढ मुस्लिम विश्वविद्यालयका १६ जना प्रोफेसरको मृत्यु भएको छ। पछिल्ला २० दिनमा विश्वविद्यालयका १६ जना प्रोफेसरको मृत्यु भएपछि विश्वविद्यालय त्रसित बनेको छ।

    मृत्यु हुनेमा १६ जना प्रोफेसर रहेका छन् भने तीन जना सेवानिवृत्त कर्मचारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कुलपति प्रोफेसर तारिक मन्सुरले अलीगढमा कोरोना भाइरसको नयाँ भेरियन्ट विकसित भएको आशंका गरेका छन्। 

    २० दिनको अन्तरालमा आफ्ना १६ जना प्रोफेसरको ज्यान गएपछि मन्सुरले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई पत्राचार गरी कोरोना भाइरसको जिन परीक्षण गर्न आग्रह गरेका छन्।

    विश्वविद्यालयका कुलपति मन्सुरले काउन्सिलका महानिर्देशकलाई समेत पत्राचार गरी भाइरसको जिनबारे परीक्षण गरी अध्ययन अनुसन्धान गर्न अनुरोेध गरेका छन्।

     

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १३:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij