Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक

सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक


  • 1.2K
    Shares

    सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक
    images

    काठमाडौं । सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो । ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

    अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा उच्च वृद्धि देखिएको हो।

    ११ स् ०३ बजेसम्म नेप्से परिसूचक १०२ अंक बढेर २६६२ अंकमा कायम भएको छ । यतिबेलासम्म २७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

    २१३ कम्पनीको मूल्य बढ्दा ३ को घटेको छ भने ३ को स्थिर छ । लगानी तथा व्यापार ५ प्रतिशत बढेका छन् । बैंकिङ र विकास बैंक ४ प्रतिशत बढेका छन् । यीबाहेक सबै समूहका सूचक सकारात्मक देखिएका छन् ।

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १२:२१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij