Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य


  • 6.4K
    Shares

    गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

    पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावको उद्देश्यसहित विपक्षी पार्टीको मागअनुसार सुरु भएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

    मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सचिव हरि बास्तोलाले जनाए । 

    ‘सरकारको सिफारिसमा प्रदेश प्रमुखज्यूले अधिवेशन अन्त्य गर्नुभएको हो,’ बास्तोलाले भने । उनका अनुसार अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयले सोमबार प्रदेशसभा सचिवालयमा पठाएको छ । 

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मत विभाजन हुनुको अघिल्लो दिनै आइतबार राजीनामा गरेका थिए । उनको राजीनामा सँगसँगै संसदको विशेष अधिवेशनको औचित्य पनि समाप्त भएको थियो ।

    गुरुङको राजीनामा आउनुअघिसम्म प्रदेश सभा सचिवालयले सोमबार अविश्वास प्रस्तावको मत विभाजनका लागि आवश्यक तयारी गरेको थियो । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले २ वैशाखमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसअघि चालु अधिवेशन वैशाख १ गते राति नै अन्त्य भएको थियो ।

    अविश्वास प्रस्तावका प्रस्तावकहरुले २ गते नै संसदको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई समावेदन दिएका थिए । तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेबाट विशेष अधिवेशन सुरु हुने गरी ६ गते आह्वान गरेका थिए । 


    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १२:३१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij