Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

बक्स अफिसमा ‘बलिदान’ ले बनायो सर्वाधिक कमाईको रेकर्ड

बक्स अफिसमा ‘बलिदान’ ले बनायो सर्वाधिक कमाईको रेकर्ड


  • 841
    Shares

    बक्स अफिसमा ‘बलिदान’ ले बनायो सर्वाधिक कमाईको रेकर्ड
    images

    काठमाडौं । चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेकोे छ । बोर्डले हाल प्रदर्शनरत तीन फिल्म बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको कारोबार विवरण सार्वजनिक गरेको हो । 

    असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरणअनुसार सर्वाधिक कमाइ बलिदानले गरेको छ भने उक्त फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ । 

    यसैगरी हरिबहादुरको जुत्ताले २ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ । माइतीघरले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ सङ्कलन गरेको छ।  

    दसैँका लागि भन्दै फूलपातीदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका थिए । चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् । 

    ‘माइतीघर’ मा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत  कलाकारले अभिनय गरेका छन् । साथै, ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देवलगायतका कलाकारले अभिनय गरेका छन् ।

    553289307_1488889485479465_3962629468493798624_n_dDANfaCf7v.jpg 

     

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १५:२३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij