Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

ट्रम्पलाई २ करोड ४० लाख डलर तिर्न युट्युब तयार

ट्रम्पलाई २ करोड ४० लाख डलर तिर्न युट्युब तयार


  • 1.1K
    Shares

    ट्रम्पलाई २ करोड ४० लाख डलर तिर्न युट्युब तयार

    काठमाडौं । भिडिओ प्लेटफर्म युट्युब अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको मुद्दा समाधान गर्न लगभग २ करोड ४० लाख डलर तिर्न सहमत भएको छ।

    सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल हिलमा दंगाताका युट्युबले आफ्नो युट्युब अकाउन्ट बन्द गरिदिएपछि ट्रम्पले उक्त मुद्दा दायर गरेका थिए। जसमा युट्युबको मूल कम्पनी अल्फाबेट (जो गुगलको पनि मालिक हो) ट्रम्पलाई माथि उल्लिखित रकम तिर्न तयार भएको हो।

    यसअघि सामाजिक सञ्जाल प्लेटफर्महरू एक्स (पहिले ट्विटर)र फेसबुक पनि ट्रम्पका अकाउन्ट निलम्बन गरेकामा उनलाई भुक्तानी गर्न सहमत भएका थिए।

    ट्रम्पले युट्युब र अन्य प्राविधिक कम्पनीहरूलाई राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए। उनले ती कम्पनीहरूले २०२१ को क्यापिटल दंगापछि कन्जरभेटिभ आवाजलाई अनुचित रूपमा सेन्सर गरेको दाबी गरेका थिए।

    त्यतिबेला ती सामाजिक सञ्जाल कम्पनीहरूले भने ट्रम्पको कार्यले अमेरिकामा थप हिंसा भड्काउन सक्छ भन्ने तर्क गरेका थिए।

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - ११:५०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij