२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध जाहेरी दिने तयारी गरेको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीको नेतृत्वमा जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा जान लागेको अनेरास्ववियुका सचिवालय सदस्य तथा उपत्यका इन्चार्ज नितेश लामिछानेले जानकारी दिएका छन् ।
दीपक धामी भने, ‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन लागेका हौँ । केहीबेरमा जान्छौं,’।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij