Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

हत्या र डकैतीका आरोपी नेपालका भीम जोरा दिल्लीमा प्रहरी इन्काउन्टरमा मारिए

हत्या र डकैतीका आरोपी नेपालका भीम जोरा दिल्लीमा प्रहरी इन्काउन्टरमा मारिए


  • 1.7K
    Shares

    हत्या र डकैतीका आरोपी नेपालका भीम जोरा दिल्लीमा प्रहरी इन्काउन्टरमा मारिए
    images

    काठमाडौं । हत्या र सशस्त्र डकैतीका विभिन्न मुद्दामा ’मोस्ट वान्टेड’ एक नेपाली नागरिक दिल्ली र गुरुग्राम प्रहरीको संयुक्त कारबाहीमा मारिएका छन्। दक्षिण-पूर्वी दिल्लीको आस्था कुञ्ज पार्क नजिकै भएको इन्काउन्टरमा उनको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन्।

    मारिएका व्यक्ति भीम महाबहादुर जोरा रहेका छन्। नेपालको लालपुरका स्थायी बासिन्दा जोरा दिल्ली, गुरुग्राम, गुजरात र बेंगलुरुमा हत्या, डकैती र चोरीका धेरै घटनामा खोजी सूचीमा थिए।

    जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जानकारी दिएको छ । 

    प्रहरी नजिक पुग्दा जोराले गोली चलाएको र जवाफी कारबाहीमा उनी गम्भीर घाइते भएको प्रहरी दावी  रहेको छ । उनलाई तत्काल एम्स ट्रमा सेन्टर लगिएको थियो, जहाँ उनी मृत घोषित भए । उनीसँग भएका एक सहयोगी भने भाग्न सफल भएका छन् ।

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १४:१७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij