Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, करिब १५ अर्ब आर्जन

दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, करिब १५ अर्ब आर्जन


  • 1.1K
    Shares

    दैनिक एक हजार मेगावाट विद्युत् निर्यात,  करिब १५ अर्ब आर्जन

    काठमाडौं । देशभित्र खपत गरी बढी भएको विद्युत् दैनिक रूपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ ।

    भारतीय ऊर्जा एक्सचेन्जको रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको हो । 

    भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रूपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १२:१५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij