Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

हेटौडा-काठमाडौं जोड्ने छोटो मार्गमा बेलुका ६ देखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक

हेटौडा-काठमाडौं जोड्ने छोटो मार्गमा बेलुका ६ देखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक


  • 1.3K
    Shares

    हेटौडा-काठमाडौं जोड्ने छोटो मार्गमा बेलुका ६ देखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा-भैँसे हुँदै काठमाडौं जाने सडकमा बेलुका ६ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबैखाले सवारी चलाउन रोक लगाएको छ। 

    निरन्तर वर्षा भएपछि विपद जोखिमका कारण १८असोजमा हेटौंडा - काठमाडौं जोड्ने सबै सडकमा सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सोमबार छोटोमार्गबाट मात्रै राति सवारी आवागमनमा रोक लगाएको हो।

    सोमबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म उक्त रोकावट लगाइएको छ। आवतजावतमा रोक लगाइएको समयबाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाई यात्रा गर्न समेत कार्यालयले अनुरोध गरेको छ।

    bhaise_sadak_rok_ox5UKbIGWK.jpg 

    images
    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - १६:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij