Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

वर्षा गराउने न्यून चापीय प्रणाली बाहिरिएसँगै मौसममा सुधार

वर्षा गराउने न्यून चापीय प्रणाली बाहिरिएसँगै मौसममा सुधार


  • 1.8K
    Shares

    वर्षा गराउने न्यून चापीय प्रणाली बाहिरिएसँगै मौसममा सुधार

    काठमाडौं । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । 

    उनल‍े आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो।

    सो अवधिमा २४ घण्टे अवधिभित्र सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५८ मिलिमिटर मापन गरिएको छ। त्यस्तै, पर्साको मुडली केन्द्रमा ३२८.६ मिलिमिटर, इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६ मिलिमिटर, कन्यामटी स्टेटमा ३१४.२ मिलिमिटर र गौर केन्द्रमा ३१५ मिलिमिटर वर्षा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    अविरल वर्षाका कारण बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरी हाल घट्दो क्रममा पुगेका छन्। सप्तकोशी नदीले भने खतरा तह पार गरिसकेको र यसका सहायक नदीहरू  तमोर, सुनकोशी र अरुणसमेत खतरा तह पार गरी अहिले घट्दो अवस्थामा रहेको बताइएको छ।

    12.jpg

    11.jpg

     

     

    images
    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - १५:१६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij