Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित

पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित


  • 484
    Shares

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ४०० बढी विस्थापित
    images

    काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले ४ सय बढी विस्थापित भएको छ  ।

    काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका-६ र सुकुना खोलामा आएको बाढीले सिवसत्ताक्षी नगरपालिका–१० खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।

    प्रहरीले  यातायातका साधनका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तै झापा गाउँपालिका-२ सुगाबथान भन्ने स्थानमा बाढी पस्दा ५६ परिवार विस्थापित भएका छन् ।

    माई खोलामा आएको बाढी शिवसत्ताक्षी नगरपालिका ४, ५, ६ र ७ नम्बर वडाका करिब ३५० घरमा बाढी पसेको प्रहरीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - ११:०३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij