Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मनसुनी वायुको प्रभाव कायमै, आज यी स्थानमा छ भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव कायमै, आज यी स्थानमा छ भारी वर्षाको सम्भावना


  • 1.1K
    Shares

    मनसुनी वायुको प्रभाव कायमै, आज यी स्थानमा छ भारी वर्षाको सम्भावना
    images

    काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले  देशभर वर्षा भइरहेको छ । 

    आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेस, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र कोशी  र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउसो कोशी र मधेस प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा साधरणतया बदली र बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी, मधेस, बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - ०८:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij