Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बाढीपहिरोका कारण यी पाँच स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

बाढीपहिरोका कारण यी पाँच स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)


  • 1.7K
    Shares

    बाढीपहिरोका कारण यी पाँच स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

    काठमाडौं । अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न पाँच ठाउँमा शुक्रबार (असोज १७) पनि राजमार्ग बन्द रहेका छन् । संखुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका पाँच ठाउँमा राजमार्ग अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ । 

    आज बिहान ७ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका–३, एकुवामा अविरल वर्षाका कारण कोसी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ । 

    रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । नेपाल–चीन नाका जोड्ने पुल, पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । 

    सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४, चारकिलाृमा खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

    557306435_1118223617106827_6963983558226345549_n-1759458047.jpg

    images
    प्रकाशित मिति :आश्विन १७ २०८२ शुक्रवार - १०:३६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij