२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न पाँच ठाउँमा शुक्रबार (असोज १७) पनि राजमार्ग बन्द रहेका छन् । संखुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका पाँच ठाउँमा राजमार्ग अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका–३, एकुवामा अविरल वर्षाका कारण कोसी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।
रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । नेपाल–चीन नाका जोड्ने पुल, पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४, चारकिलाृमा खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij