Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अध्यक्ष आफैं रहने गरी हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी

अध्यक्ष आफैं रहने गरी हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी


  • 1.4K
    Shares

    अध्यक्ष आफैं रहने गरी हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी

    धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।  

    उनले असोज ७ गते नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका स्रोतले जानकारी दिएको छ।

    ‘उहाँले दल दर्ताका लागि निवेदन दिनु भएको छ। पार्टीको नाम श्रम संस्कृति पार्टी र अध्यक्ष उहाँ आफैँ रहने गरी निवेदन प्राप्त भएको छ’ स्रोतले भन्यो।

    आयोग स्रोतले दल दर्ताका लागि निवेदन प्राप्त भइसकेको र अध्ययनकै क्रममा रहेको जानकारी दियो। ‘दल दर्ताका लागि निवेदन आए पनि अध्ययनकै क्रममा छ, दसैँ बिदालगत्तै उक्त निवेदनबारे अध्ययन गरेर दर्ता प्रक्रिया अघि बढाइनेछ’ स्रोतले भन्यो।  

    धरानको खानेपानी मुद्दामा संघर्ष गरेका साम्पाङ सोही मुद्दाका कारण स्वतन्त्र रुपमा मेयर पद जितेका थिए। मेयर भएपछि उनले धरानमा श्रमदान गरी पानीको व्यवस्थापन गरेका छन्। 

    उनी जेनजी आन्दोलनपछि देशकै नेतृत्व लिन भन्दै काठमाडौं आएका थिए। तर, उनको नाममा सहमति जुट्न सकेन।

    images
    प्रकाशित मिति :आश्विन १२ २०८२ आइतवार - १६:३७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij