Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

टिचिङ पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइते (तस्बिरहरु)

टिचिङ पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइते (तस्बिरहरु)


  • 1.0K
    Shares

    टिचिङ पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइते (तस्बिरहरु)
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गरेका छन् । शुक्रवार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवी शिक्षण अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई भेट् गरेका हुन्। 

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्ती भएको छ । कार्की मन्त्रीपरिषद्मा सञ्चारमन्त्रीको रुपमा खरेल नियुक्त भएका छन् । 

    मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रवार जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेर उनिहरुको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।  साथै घाइतेहरुको स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। 

    घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले घाइतेहरुको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेनजीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

     

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १३:२९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij