Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

दुई महिनामा ८ अर्ब १२ करोडको निर्जीवन बीमाको व्यापार, अन्य कुनले कति गरे बीमाशुल्क संकलन ?

दुई महिनामा ८ अर्ब १२ करोडको निर्जीवन बीमाको व्यापार, अन्य कुनले कति गरे बीमाशुल्क संकलन ?


  • 974
    Shares

    दुई महिनामा ८ अर्ब १२ करोडको निर्जीवन बीमाको व्यापार, अन्य कुनले कति गरे बीमाशुल्क संकलन ?
    images

    काठमाडौं । आर्थिक वर्ष २०८२\८३ को भदौ महिनासम्ममा निर्जीवन बीमाको व्यापार कुल ८ अर्ब अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

    प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार दुई महिनामा ठुला निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

    यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ८९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    शिखर इनस्योरेन्स कम्पनीले ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ  भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ७७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७१ करोड १७ लाख, एनएलजी इन्स्योरेन्सले ६८ करोड ७५ लाख, आइजीआई प्रुडेन्सियलले ६२ करोड ९१ लाख, ओरियण्टलले ५९ करोड ५० लाख, नेकोले ५८ करोड १ लाख, युनाईटेड अजोडले ५७ करोड ४८ लाख, सानिमा जिआइसीले ४९ करोड ३७ लाख, नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख, नेशनल इन्स्योरेन्सले ३५ करोड २ लाख, प्रभूले ३२ करोड ३२ लाख र राष्ट्रिय बीमा कम्पनीले पनि २९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

     

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १८:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij