Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

तुइनखोलाको पहिरो ६० प्रतिशत हटाइयो, आज रातिसम्म आवागमन खुल्ने आँकलन

तुइनखोलाको पहिरो ६० प्रतिशत हटाइयो, आज रातिसम्म आवागमन खुल्ने आँकलन


  • 876
    Shares

    तुइनखोलाको पहिरो ६० प्रतिशत हटाइयो, आज रातिसम्म आवागमन खुल्ने आँकलन
    images

    काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो ६० प्रतिशत हटाइएको छ। डिभिजन सडक कार्यालय, भरतपुरले बिहीबार दिउँसो सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो। 

    कार्यालयका अनुसार पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरि निरन्तर रुपमा काम भैरहेको छ। यसको अलावा दुवैतर्फ १/१ वटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन्।

    साथै, काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ। पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरूका कारण कठिनाइ भएको डिभिजन कार्यालयले जनाएको छ। 

    पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरूका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ। 

    कुनै पनि बाधा आइनपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवत आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने डिभिजन कार्यालयको आकलन छ।

    पटकपटक ठूलो पहिरो खस्दा मुग्लिन-नारायणघाट सडकमा गएको एक सातादेखि  गाडी चल्न सकेका छैनन्। तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ। दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्। 

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १५:००:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij