२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको शुरुमै केही युवा नेताहरूले उठेर होहल्ला गरेपछि पत्रकारलाई उद्घाटन समारोहबाट बाहिर निकालिएको छ ।
बैठकको शुरुआत गर्दै महासचिव देव गुरुङले अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव पेश गर्ने जानकारी दिए ।
उनले बैठकमा केन्द्रीय सदस्यहरूको समूहगत छलफलबाट प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने जानकारी दिएपछि केही युवा उठेर आपत्ति जनाएका थिए ।
बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए । त्यसपछि महासचिव गुरुङले मिडियाकर्मीलाई बाहिर जान आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij