Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने तयारी, ४८ घण्टामा परीक्षण सकिने

नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने तयारी, ४८ घण्टामा परीक्षण सकिने


  • 617
    Shares

    नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने तयारी, ४८ घण्टामा परीक्षण सकिने
    images

    काठमाडौं । दसैँमा नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग  आयोजनाले जनाएको छ  । 

    आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण सकिनेछ ।  

    दसैँका लागि खुला गर्ने तयारी भए पनि अहिले परीक्षणकै क्रममा रहेकाले कहिले देखि सवारी चल्न दिने भन्नेबारे टुङ्गो नभएको बताएका छन् । 

    सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र समाधानका लागि काम भइरहेको पनि  उनले बताएका छन् ।

    गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा  यातायात मन्त्री कुलमान घिसिङले उक्त सुरुङ दसैँमा सञ्चालन गर्न निर्देशन दिएका थिए भने सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबिच छलफल पनि भइरहेको छ  ।

     

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १२:१५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij