Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपालमा नयाँ मोडल 'अनर प्ले१०' सार्वजनिक, मूल्य कति ?

नेपालमा नयाँ मोडल 'अनर प्ले१०' सार्वजनिक, मूल्य कति ?


  • 827
    Shares

    नेपालमा नयाँ मोडल 'अनर प्ले१०' सार्वजनिक,  मूल्य कति ?
    images

    काठमाडौं ।  स्मार्टफोन ब्रान्ड अनरले नेपालमा नयाँ मोडल 'अनर प्ले१०' सार्वजनिक गरेको छ। 'प्ले इट कुल' स्लोगनसहित बजारमा आएको यो फोनलाई कम्पनीले स्टाइलिश, शक्तिशाली र सबैका लागि उपयुक्त भनेको छ । 

    'अनर प्ले१०'मा ६.७४ इन्चको ठूलो डिस्प्ले, फ्ल्याट–फ्रेम डिजाइन, MediaTek Helio G81 प्रोसेसर र Android 15 को सपोर्ट रहेको छ। कम्पनीका अनुसार यसले सहज स्पीड, सजिलो मल्टिटास्किङ र अविराम मनोरञ्जन सुनिश्चित गर्छ।

    ५०००mAh क्षमताको ब्याट्री र १०W चार्जिङसहित आउने यो मोडलले लामो समयसम्म पावर प्रदान गर्ने दाबी गरिएको छ। क्यामेराको हिसाबले, यसमा १३MP पछाडिको क्यामेरा र ५MP फ्रन्ट क्यामेरा उपलब्ध छ।

    कम्पनीले विद्यार्थी, गेमप्रेमी वा स्टाइल र परफर्मेन्स दुवै चाहने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुने जनाएको छ। HONOR Play 10 आजैदेखि रु. १०,९९९ मा उपलब्ध छ। उपभोक्ताले यसलाई Efix वा नेपालभरका आधिकारिक खुद्रा स्टोरहरूबाट खरिद गर्न सक्नेछन्।

     

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - ११:३९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij