Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

आजको मौसम

आज स्थानीय वायुको आंशिक प्रभाव, कुनकुन ठाउँमा हुनेछ भारी वर्षा?

आज स्थानीय वायुको आंशिक प्रभाव, कुनकुन ठाउँमा हुनेछ भारी वर्षा?


  • 757
    Shares

    आज स्थानीय वायुको आंशिक प्रभाव, कुनकुन ठाउँमा हुनेछ भारी वर्षा?

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। तथापि स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू–भागमा साधारणतया बदली रहने छ।

    बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

    कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बिहीबार राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    मौसमविद् विनोद पोखरेलले बिहीबार बिहान काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा नहुने तर अपराह्नपछि धेरै स्थानमा वर्षा हुने बताएका छन्। उनका अनुसार यो क्रम दसैंको हरेक दिन देखिने बताएका छन्।

    images
    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - ०८:३९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij