२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् ।
बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन् ।
‘अध्यक्ष भट्टराईले राजीनामा दिनुभएको होइन, पद त्याग गर्नुभएको हो । उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने भनिएको छ । महाधिवेशन कहिले गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।’
तत्कालीन नेसपा विभाजनपछि गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij