Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

मोटरको तार जोड्दा करेन्ट लागेर पति-पत्नीको मृत्यु

मोटरको तार जोड्दा करेन्ट लागेर पति-पत्नीको मृत्यु


  • 2.3K
    Shares

    मोटरको तार जोड्दा करेन्ट लागेर पति-पत्नीको मृत्यु
    images

    काठमाडौं । पानी तान्ने मोटरमा करेन्ट लागेर रूपन्देहीको गैडहवामा एक दम्पतीले ज्यान गुमाएका छन् ।

    गैडहवा गाउँपालिका-६ कानीजहवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी पत्नी ६८ वर्षीया अकालीसिंहको आज बिहान मृत्यु भएको हो । खेतमा लगाएको तरकारीमा सिँचाइका लागि मोटरबाट पानी तान्ने क्रममा उनीहरूको करेन्ट लागेर मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार ह्याण्ड पाइपबाट पानी तान्न मोटरको तार जोड्दा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको हो ।

    सुरूमा पत्नीलाई करेन्ट लागेको र छुटाउन जाँदा रामरतनलाई पनि करेन्टले भेटेको कार्कीले बताए । मोटरको तार पावर सकेटमा जोड्ने टुपिन नहुँदा नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको प्रहरीको भनाइ छ । दुवैजनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको छ ।

     

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १६:१८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij