Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्या आरोपमा फेरी अर्का व्यक्ति प्रकाउ

जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्या आरोपमा फेरी अर्का व्यक्ति प्रकाउ


  • 2.8K
    Shares

    • images
    जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्या आरोपमा फेरी अर्का व्यक्ति प्रकाउ

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन् ।

    पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । योसँगै महाराजगञ्जका प्रहरी हत्या आरोपमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ । उनीहरूले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो सामाजिक सञ्जाल सार्वजनिक भएको थियो ।

    सोही भिडियोको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।जेनजीको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । पौडेलले लट्ठीले हानेर हत्या गरेको भिडिओमा समेत देखिन्छ ।

    त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो ।

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १५:१२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij