Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

आर्थिक अवस्था कमजोर भएका सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने

आर्थिक अवस्था कमजोर भएका सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने


  • 953
    Shares

    आर्थिक अवस्था कमजोर भएका सार्वजनिक संस्थानमा  सरकारले थप लगानी नगर्ने

    काठमाडौं । अर्थ मन्त्रालयका अनुसार सरकारले प्रतिफलयुक्त आयोजना, वैदेशिक सहायताबाट सञ्चालित आयोजना र नागरिकप्रतिको दायित्व वहन गर्नुपर्ने विषयका आयोजनाका लागि मात्र सार्वजनिक संस्थानमा सेयर तथा ऋण लगानी गर्ने निर्णय गरेको छ ।

    असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठक गरेको निर्णयअनुसार मन्त्रालयले यस्तो नीति लिएको हो । नेपाल सरकारले अब आर्थिक अवस्था कमजोर भएका तथा सावाँरव्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा थप लगानी नगर्ने भएको छ ।

    सरकारले यस्तो रोक्का अवधि भर नेपाल सरकारका लगानी भएका संस्थाहरूले हकप्रद तथा थप सार्वजनिक निष्कासन (एफपीओ) सेयर जारी गर्न रोक्का गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    मन्त्रालयले नेपाल सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गर्नुपर्ने भाखा नाघेको साँवा तथा ब्याज असुल उपर गर्न सम्बन्धित मन्त्रालयलाई तदारुकता देखाउन  निर्देशन समेत दिएको छ । 

     

    images
    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १२:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij