Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

चालक र यात्रुलाई यातायात मन्त्री कुलमान घिसिङका चार-चार सुझाव

चालक र यात्रुलाई यातायात मन्त्री कुलमान घिसिङका चार-चार सुझाव


  • 694
    Shares

    चालक र यात्रुलाई यातायात मन्त्री कुलमान घिसिङका चार-चार सुझाव
    images

    काठमाडौं । चाडपर्वको यात्रा सुरक्षित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चालक र यात्रु दुवैलाई विभिन्न सुझाव दिएका छन्। 

    दसैँका लागि यात्रुहरू काठमाडौँलगायत सहरबाट आफ्ना घर फर्कने यात्रुहरूको चाप बढिरहेका बेला मन्त्री घिसिङले बुधबार बिहान सामाजिक सञ्जालमार्फत चालकलाई चार र यात्रुलाई चार सुझाव दिएका हुन्।  

    उनले लेखेका छन्:

    सम्पूर्ण चालक तथा यात्रुहरूमा विशेष​ अनुरोध :

    तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो। त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस्।

    चालक साथीहरूलाई अनुरोध :

    -गति नियन्त्रणमा राख्नुहोस्।

    -मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्।

    -विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्।

    -यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउनुहोस्।

    यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध :

    -क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौँ।

    -चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौँ।

    -यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔँ।

    -यस दसैँमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो।

    सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुसी हो र परिवारको खुसी नै हाम्रो राष्ट्रको शक्ति हो।

    यहाँहरू सम्पूर्णलाई दसैँको हार्दिक शुभकामना!

    यातायातका साथै सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि घिसिङले नै सम्हालिरहेका छन्।  

     

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १०:५२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij