Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

१८ अङ्कले घट्यो नेप्से, महिला लघुवित्तसहित चार कम्पनीको शेयर १० प्रतिशतले गिरावट

१८ अङ्कले घट्यो नेप्से, महिला लघुवित्तसहित चार कम्पनीको शेयर १० प्रतिशतले गिरावट


  • 6.7K
    Shares

    १८ अङ्कले घट्यो नेप्से, महिला लघुवित्तसहित चार कम्पनीको शेयर १० प्रतिशतले गिरावट
    images

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज १८ अङ्कभन्दा धेरैले घटेको छ । कारोबार भएकामध्ये सबै समूहको शेयर ओरालो लागेपछि नेप्से १८ दशमलव ५६ अङ्कले घटेर २६ सय १८ दशमलव ५६ विन्दुमा झरेको छ ।

    व्यापार समूहको शेयर ६१ अङ्कले घटेको छ । जलविद्युतको ३४, होटल तथा पर्यटन समूहको झण्डै ४२, फाइनान्सको २१, माइक्रोफाइनान्सको ९७, जीवन बीमा समूहको एक सय ४७, निर्जीवन बीमा समूहको ३१, उत्पादनको ९२ र अन्य समूहको शेयर २८ अङ्कले घटेको छ ।

    आइतवार दुई सय १९ कम्पनीका एक करोड २७ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनसीसी बैंकको २८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो र युनियन हाइड्रो कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समता घरेलु लघुवित्त र रुरु हाइड्रोको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । 

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १५:२७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij