२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरु आन्दोलनमा सहभागी भएको बताएका छन् । पार्टीको झण्डा नबोकी सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उनको भनाई रहेको छ ।
उनले पूर्वकेन्द्रिय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रिय सदस्यहरु गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरुको आन्दोलनमा सक्रिय भुमिका रहेको बताएका छन्। तुलनात्मक रुपमा जेनजी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरु सहभागी भएको उनको दाबी रहेको छ ।
उनले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागीता रहेपनि २४ गतेको घटनामा भने सहभागिता नरहेको दाबी गरेका छन्। २४ गतेको घटनामा सहभागिताका लागी पार्टीले कुनै आवह्वान नगरेको उनको भनाई छ ।
आगजानी, लुटपाट पार्टीको सिद्धान्त नभएको उनले बताएका छन् भने उक्त घटनाको छानविन गर्नुपर्नेमा जोड दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij