Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ

जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ


  • 1.5K
    Shares

    जेनजी प्रदर्शनको क्रममा प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ
    images

    काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ  परेका छन् ।

    पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बताएको । उनले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।

    सोही भिडियोको आधारमा प्रहरीले क्याप्छाकीलाई पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ । जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

    जवान थापालाई डीएसपी भन्दै कुटपिट गरी हत्या गरिएको थियो भने त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या गरिएको थियो ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १७:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij