Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार, देवर फरार

एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार, देवर फरार


  • 1.5K
    Shares

    • images
    एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार, देवर  फरार

    काठमाडौं ।  विराटनगर महानगरपालिका-९ धोबियारीमा देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी छिन् ।

    विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो ।

    पीडितका श्रीमान् सन्तोष साहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् ।बाँकी रहेको एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो । 

    सन्तोष आफ्नो घर नजिकै रहेको भाँडाकुँडा पसलमा थिए । त्यही बेला उनकी श्रीमती रागिनीले रुँदै फोन गरेर भाइले आफूमाथि आक्रमण गरेको र तुरुन्त घर आउन आग्रह गरेकी थिइन् । 


    एसिड प्रहारपछि श्रवण साह फरार छन् । मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले घटनाबारे प्रहरीमा जानकारी आएको र एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् ।

     

     

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १३:३७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij