Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार, देवर फरार

एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार, देवर फरार


  • 834
    Shares

    एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार, देवर  फरार
    images

    काठमाडौं ।  विराटनगर महानगरपालिका-९ धोबियारीमा देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी छिन् ।

    विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो ।

    पीडितका श्रीमान् सन्तोष साहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् ।बाँकी रहेको एक हजार रुपैयाँ नपाएको निहुँमा विवाद चर्किएको थियो । 

    सन्तोष आफ्नो घर नजिकै रहेको भाँडाकुँडा पसलमा थिए । त्यही बेला उनकी श्रीमती रागिनीले रुँदै फोन गरेर भाइले आफूमाथि आक्रमण गरेको र तुरुन्त घर आउन आग्रह गरेकी थिइन् । 


    एसिड प्रहारपछि श्रवण साह फरार छन् । मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले घटनाबारे प्रहरीमा जानकारी आएको र एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् ।

     

     

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १३:३७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij