Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन


  • 1.5K
    Shares

    एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन
    images

    काठमाडौं।  एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्याङ्गना तथा मोडल सीधा सुवेदीको निधन भएको छ । मंगलबार बिहान ६ः३० बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनी चार महिनादेखि फोक्सो क्यान्सरबाट पीडित थिइन् ।

    ४० वर्षकी सीता एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी थिइन् । चितवनको मेघौलीमा जन्मिएकी उनले एक खुट्टाले नाचेरै आफ्नो पहिचान बनाएकी थिइन् । पहिले पनि १२ वर्षको कलिलै उमेरमा क्यान्सर भएपछि उनको एक खुट्टा काट्नु परेको थियो । दोस्रो पटक उनलाई फोक्सोमा क्यान्सर देखिएको थियो ।

    बच्चैदेखि नृत्यमा रुचि राख्ने उनले एक खुट्टा काट्न परेपनि आफ्नो सपनालाई त्यागिनन् । चुनौतीहरूलाई अवसरमा बदल्दै उनले नृत्याङ्गना हुँदै, मोडल, गायिका र मिस इन्टरनेशनलसम्मको यात्रा तय गरिन् । 

    सुवेदी क्लासिक नेपाल फाउण्डेसनकी संस्थापक, मिस इन्टरनेशनल २०२३, मोटिभेन्सनल स्पिकर, गायिका, इन्टरमिडियट–लेभल कत्थक नृत्यमा स्वर्णपदक विजेता समेत हुन् । उनको आजै दाहसंस्कार गरिने भएको छ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १२:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij