Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन

एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन


  • 1.8K
    Shares

    • images
    एक खुट्टाले नाचेर चर्चित भएकी नृत्याङ्गना तथा मोडल सीता सुवेदीको निधन

    काठमाडौं।  एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्याङ्गना तथा मोडल सीधा सुवेदीको निधन भएको छ । मंगलबार बिहान ६ः३० बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनी चार महिनादेखि फोक्सो क्यान्सरबाट पीडित थिइन् ।

    ४० वर्षकी सीता एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी थिइन् । चितवनको मेघौलीमा जन्मिएकी उनले एक खुट्टाले नाचेरै आफ्नो पहिचान बनाएकी थिइन् । पहिले पनि १२ वर्षको कलिलै उमेरमा क्यान्सर भएपछि उनको एक खुट्टा काट्नु परेको थियो । दोस्रो पटक उनलाई फोक्सोमा क्यान्सर देखिएको थियो ।

    बच्चैदेखि नृत्यमा रुचि राख्ने उनले एक खुट्टा काट्न परेपनि आफ्नो सपनालाई त्यागिनन् । चुनौतीहरूलाई अवसरमा बदल्दै उनले नृत्याङ्गना हुँदै, मोडल, गायिका र मिस इन्टरनेशनलसम्मको यात्रा तय गरिन् । 

    सुवेदी क्लासिक नेपाल फाउण्डेसनकी संस्थापक, मिस इन्टरनेशनल २०२३, मोटिभेन्सनल स्पिकर, गायिका, इन्टरमिडियट–लेभल कत्थक नृत्यमा स्वर्णपदक विजेता समेत हुन् । उनको आजै दाहसंस्कार गरिने भएको छ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १२:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij