Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

यूएईमा दुई महिनामा ५१ नेपालीले गुमाए ज्यान

यूएईमा दुई महिनामा ५१ नेपालीले गुमाए ज्यान


  • 673
    Shares

    यूएईमा दुई महिनामा ५१ नेपालीले गुमाए ज्यान
    images

    काठमाडौं । खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ । 

    यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ५१ जनाको मृत्यु भएको हो । ०८२ साउनमा ३२ र भदौमा १९ जना नेपालीको मृत्यु यूएईमा भएको हो ।

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा यूएईमा ६२ जना नेपालीले ज्यान गुमाएका थिए । नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १२:४०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij