Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो, ढुंगा झर्ने क्रम जारी

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो, ढुंगा झर्ने क्रम जारी


  • 1.3K
    Shares

    मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो, ढुंगा झर्ने क्रम जारी
    images

    काठमाडौं। तुइन खोलानजिक पटकपटक झरेको पहिरो पन्छाएर मुग्लिन-नारायणगढ सडक एकतर्फी खुलाइएको छ।

    सडक डिभिजन भरतपुरका अनुसार आज (मंगलबार) बिहान १०:५० बजेदेखि मुग्लिन-नारायणगढ सडकमा एकतर्फी रूपमा गाडी चल्न थालेका हुन्। 

    तर ढुंगा झर्ने क्रम जारी नै रहेकाले सडक दुईतर्फी नै सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी खुलाउन गाह्रो भइरहेको छ। 

    सडक डिभिजन भरतपुरको सूचना भनिएको छ, ‘मुग्लिन-नारायणघाट सडक तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि अहिले सडक एकतर्फी सञ्चालनमा आएको बेहोरा जानकारी गरिन्छ। दुईतर्फी आवागमन खुलाउन प्रयासरत छौँ, ढुंगा झर्ने क्रम जारी नै छ। कृपया लेन अनुशासनको पालना गर्नुहुन अनुरोध छ।’ 

    यस्तै मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकै पहिरो गएकाले सडक दुवैतर्फ अवरुद्ध बनेको जानकारी पनि सडक डिभिजनले दिएको छ। यसैले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ। 

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १३:०२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij