२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं। दुर्घटनामा घाइते भएका काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ।
धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए।
नमोबुद्ध–२ घर भएका ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट नमोबुद्धको मेयरमा निर्वाचित भएका थिए।
गएको साउन १० गते बीपी राजमार्गको बीसकिलो भन्ने ठाउँमा बा.६२ प ३५७८ नम्बरको स्कुटर र तिमलसिना सवार स्कुटर बा।प्र०३-०२-००७ प ८८०० ठोकिँदा उनी गम्भीर घाइते भएका थिए। तिमल्सिना सवार स्कुटर उनका छोरा किशोरले चलाएका थिए।
तिमल्सिनाका श्रीमती र दुई छोरा छन्। दुर्घटनामा उनका छोरा किशोर सामान्य घाइते भएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij