Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आज दिनभरको १८ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको १८ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 960
    Shares

    आज दिनभरको १८ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेन—जी आन्दोलन र वर्तमान राजनीतिको उपज

    प्रा. कृष्ण पोखरेल राजनीतिशास्त्रका एक अब्बल प्राध्यापक हुनुहुन्छ । उहाँले हाल भइरहेका राजनीतिक घटनाक्रमहरूलाई नजिकबाट नियालिरहनुभएको छ । तिनको गहिरो विश्लेषण गर्नुहुन्छ र विभिन्न पत्रपत्रिकामा लेख लेख्नुहुन्छ । नेपालका सञ्चारमाध्यममा तात्तातो राजनीतिक विश्लेषण र टिप्पणी दिइरहेका पोखरेलले राजनीतिशास्त्रसम्बन्धी आधा दर्जनभन्दा बढी किताव लेखिसक्नुभएको छ । उहाँको निवास विराटनगरमा गरिएको अन्तर्वार्तामा उहाँले अहिलेको समसामयिक विषयमा आफ्ना महत्वपूर्ण विचारहरू राख्नुभएको छ ।

    २. दशैँघरमा जमरा राखियो

    काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ । सोमवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत ९ः१३ बजे जमरा राखिएको छ । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । 

    ३. दशैँ शुरुः राखियो जमरा

    हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँ आजबाट शुरु भएको छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना गरिँदैछ । जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ । राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुगेका छन् । यता जनकपुरधामको राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

    ४. अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएको जनाएको छ । आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको प्रतिवेदनमा उक्त संख्यामा उजुरी कायम रहेको उल्लेख छ । आर्थिक वर्ष २०८१÷८२ मा दर्ता भएका २८ हजार ५ सय ५४ वटा र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ८ हजार ४ सय ७२ वटा उजुरीको दर्ता कायम भएको आयोगले जनाएको छ । सबैभन्दा धेरै अनलाइनमार्फत २७.६७ प्रतिशत उजुरी प्राप्त भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । ५२.८३ प्रतिशत उजुरी आयोगको केन्द्रिय कार्यालयमा परेका छन् । आयोगका मातहत कार्यालयहरू मध्ये सबैभन्दा बढी १०.७२ प्रतिशत बर्दिबासमा र सबैभन्दा कम २.४४ उजुरी नेपालगञ्जमा रहेका छन् ।

    ५. नवनियुक्त चार मन्त्रीले लिए शपथ

    नवनियुक्त चार मन्त्रीेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमवार शीतलनिवासमा आयोजित समारोहमा उहाँहरुले सपथग्रहण गर्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराउनुभएको हो ।  

    ६. मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार

    कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरुसंग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मलबिना कृषिको उत्पादन बढाउन नसकिने उहाँको भनाई छ । मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उहाँले बताउनु भयो । मल आयात भएको खबर सार्वजानिक भईरहँदा पनि यसको अभाव हुने कुराको आफुले गहिरो अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो ।

    ७. विज्ञहरुको सल्लाह सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरुको सल्लाह सुझावअनुसार काम गर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विज्ञहरुले दिएको राम्रा सुझावलाई सकेसम्म छिटो छरितो कार्यन्वयन गर्ने जानकारी दिनुभयो । विज्ञान, प्रविधि, नवप्रर्वद्धन, व्यवहारिक अनुसन्धान नै आफ्नो प्राथमिकतामा रहने उहाँले बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘अब मैले विज्ञहरुको सल्लाह सुझाव माग्छु, अब को कोले राम्रो सुझाव दिन आउँछ, सुझाव दिन त राम्रो, नराम्रो सबै आउँछ । 

    ८. शहीद परिवारलाई रोजगार दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । सोमवार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो । जेन—जी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाईते भएकाहरुको परिवारलाई रोजगार दिनसके उनीहरुलाई केही सहज हुने उहाँले बताउनु भयो । यसका लागि उद्योगी व्यवसायीहरुसँग छलफल गर्ने उहाँको भनाई छ । 

    ९.अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता

    बेलायती प्रधानमन्त्री केयर स्टारमरले आईतवार बेलायतले प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गर्नुभएको छ । प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार र दुई–राज्य समाधानको लागि बेलायतको समर्थनलाई पुष्टि गर्दै प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएको घोषणा गर्नुभयो । उहाँले गाजामा मानव निर्मित मानवीय संकटको भिडियो घोषणामा निन्दा गर्नुभयो । दशौं हजार मारिएका र जसमा हजारौंले खाना र पानी संकलन गर्ने प्रयास गर्दा मारिएको बताउनु भयो । यो मृत्यु र विनाशले हामी सबैलाई डराएको बताउनु भयो । 

    १०. अष्ट्रेलियाली खेलाडी विङसुट विश्व च्याम्पियनसिपमा विजयी

    ११ औं विश्व विङसुट लिग विङसुट फ्लाइङ विश्व च्याम्पियनसिप मध्य चीनको हुनान प्रान्तको झाङजियाजीस्थित तियानमेन माउन्टेनमा सम्पन्न भएको छ । गति दौडको फाइनलमा अष्ट्रेलियाका ताही–पल मुनरोले २४.०८७ सेकेन्डको विजयी समयका साथ आफ्नो उपाधि रक्षा गरेका छन् । खेलाडीहरूले १ हजार ४ सय मिटरभन्दा बढीको उचाइमा रहेको युहु चुचुरोबाट हाम फाले । ९९० मिटरको ठाडो ड्रपको साथ १.३ किलोमिटरको कोर्स तल झर्दै। सबैभन्दा छिटो उडान समयले च्याम्पियन निर्धारण ग¥यो । 

    ११. युद्धले थाकेका अफगानीहरू दिगो शान्तिको चाहना गर्दै

    आईतवार विश्वले अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउँदै गर्दा चार दशकभन्दा बढी समयदेखिको द्वन्द्वबाट पीडित अफगानीहरूले आफ्नो सबैभन्दा ठूलो इच्छा दिगो शान्ति रहेको बताउँदै थिए । दिगो र स्थायी शान्ति नै आफूहरुको चाहना भएको अब्दुर कादुस रहमानीको भनाइ छ । दिगो शान्तिले नै शरणार्थीहरूलाई फर्कन र राष्ट्रको पुनर्निर्माणमा योगदान पु¥याउने उहाँको भनाइ छ । शान्ति शब्द सुन्दा मात्र पनि खुशी हुने गरेको उहाँको भनाइ छ । युद्ध अब घृणा लाग्न थालेको उहाँको भनाइ छ । काबुलका हुसेन युद्धको अर्थ असुरक्षा र गरिबी भएको बताउनु हुन्छ । बलियो अर्थतन्त्रसँगै शान्तिले आनन्द र मानसिक शान्ति ल्याउने उहाँको विश्वास छ । अफगानहरूका अनुसार चार दशकभन्दा बढीको युद्ध र नागरिक अशान्तिले उनीहरूको देशलाई अविकसित र गरिब बनाएको छ । 

    १२. सिरियामा संसदीय चुनावको मिति तय

    ससदीय चुनावको लागि सिरियाको सर्वोच्च समितिले आईतवार घोषणा गरेको छ । २५० सिट भएको जनसभाको लागि मतदान अक्टोबर ५ मा हुनेछ । जुन गत वर्ष बसर अल–असदको सरकारको पतन पछिको पहिलो विधायी चुनाव हो । समितिले भन्यो कि यो निर्णय यस वर्षको शुरुमा अन्तरिम नेता अहमद अल–शाराद्वारा जारी गरिएको संवैधानिक घोषणा र आदेश अन्तर्गत गरिएको थियो । जसले जुनमा चुनाव प्राधिकरण स्थापना गरेका थिए । चुनावहरू ६० देखि ९० दिन भित्र नयाँ व्यवस्थापिका गठन गर्न डिजाइन गरिएको अस्थायी, अप्रत्यक्ष निर्वाचन प्रणाली पछ्याउनेछन् ।

    १३. दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्छुः कृषिमन्त्री परियार

    कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गर्नुभएको छ । शितल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताउनु भयो । उहाँले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उहाँको भनाइ छ । 

    १४. नवनियुक्त शिक्षामन्त्री पुनले गरे पदभार ग्रहण

    नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । उहाँले सोमवार लैनचौरस्थित केशरमहलमा पुगरे पदभार ग्रहण गर्नुभएको हो । जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा तोडफोड आगजनी भएको कारण मन्त्रालयले अस्थायी रुपमा केशरमहलबाट सेवा प्रवाह गरिरहेको छ । पदभार ग्रहणसँगै उहाँले शिक्षा, विज्ञान र जैविक विविधताको क्षेत्रमा काम गर्न विज्ञ सल्लाहकार समिति गठन गर्ने निर्णय गर्नुभएको छ वैज्ञानिकहरूको सल्लाहकार समिति बनाउने मन्त्रालयका कर्मचारीको प्रश्तावमा हस्ताक्षर गर्न भने जिद्दी गर्नुभयो । 

    १५. शिक्षा मन्त्रालयअन्तर्गका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन

    नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ । सोमवार पदभार ग्रहण लगत्तै उहाँले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले आफूलाई बस्नका लागि क्वाटर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताउनु भयो ।

    १६. फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल

    नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ । सोमवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको हो । सञ्चारमन्त्री खरेलले जनताले अनुभुति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभुति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने पनि बताउनु भयो । 

    १७. मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन

    ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुर्यविनायक–धुुलिखेल सडक खण्डको अनुगमन गर्नुभएको छ । सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवसहितको अधिकारीसहित उहाँले सो सडक खण्डको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले दशैँ–तिहारजस्ता चाडपर्वमा यातायात सहज हुनेगरी सो सडक खण्डको खाल्डाखुल्डी तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । मन्त्री घिसिङको सो सडक खण्डको विस्तार कार्यका लागि बजेटको अभाव हुन नदिने पनि बताउनु भयो । उहाँले सो सडक खण्डको विस्तारको लागि आगामी आर्थिक वर्षभित्र सकिने गरी काम गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो । 

    १८. अग्रिम टिकटका लागि बस सेवा डटकम सारथी बन्दै, दैनिक १० हजार यात्रुले टिकट बुकिङ गर्नसक्ने

    यस पटकको दशैँमा यातायात व्यवसायीहरुले यात्रुहरुलाई अग्रिम टिकट दिन आनकानि गरिरहेका बेला बस सेवा डटकम यात्रुहरुका लागि सारथी बनेको छ । बस सेवा डटकममार्फत दैनिक १० हजार यात्रुहरुले टिकट बुकिङ गर्नसक्ने अनुमान गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग पनि समन्वय गरेर अनलाइनबाट बस टिकट बुकिङ खुलाइएको बताउनु भयो । उहाँकाअनुसार बससेवा डटकमले ७७ वटै जिल्लाका लागि बुकिङ अनलाइनबाट खुलाएको छ । 

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - १८:३४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij