Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रधानमन्त्री कार्कीलाई रक्षा मन्त्रालयसहित ९ मन्त्रालयको जिम्मेवारी, अरु कसलाई कति ?

प्रधानमन्त्री कार्कीलाई रक्षा मन्त्रालयसहित ९ मन्त्रालयको जिम्मेवारी, अरु कसलाई कति ?


  • 1.2K
    Shares

    प्रधानमन्त्री कार्कीलाई रक्षा मन्त्रालयसहित ९ मन्त्रालयको जिम्मेवारी, अरु कसलाई कति ?
    images

    काठमाडौं । गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । यसअघि उनले पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

    उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई नियुक्त गरेकी थिइन् । आज थप चार मन्त्रीले शपथग्रहण गरेका छन् ।

    यसैबीच प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन् ।

    अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।

    अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन्  भने  कानुन मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हालाई दिइएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पद,परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेबारी कार्की काँधमा रहेको छ।

    रामेश्वर खनाललाई अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेबारी, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय परेको छ । 

    ओमप्रकाश अर्याललाई गृह मन्त्रालय, अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिन्हाको भागमा परेको छ । 

    त्यसैगरी, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,  जगदिन खरेललाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय र मदन परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय भागमा गरेको छ । 

     

     

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - १५:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij