२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । दसैँको आगमनसँगै राजधानी काठमाडौंका विभिन्न सपिङ मल, पसल देखि फुटपाथमा समेत किनमेल गर्ने मानिसहरूको भीड लाग्न थालेको छ ।
काठमाडौंमा अस्थायी वा स्थायी रूपमा बसोबास गर्ने मानिसहरू गाउँघर फर्कँदा नयाँ कपडासँगै विभिन्न विभिन्न घरायसी सामग्री किन्ने गर्दछन् । जसका कारण सडक व्यापारदेखि मल र विभिन्न पसलहरूमा मानिसको भीड नै लाग्ने गर्दछ ।
काठमाडौंको रत्नपार्क, सुन्धारा लगायतका सडक व्यापारमा साँझको समय किनमेल गर्नेहरूको बाक्लो भीड लाग्ने गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij