Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

झुठा विवरण पेश गरी नागरिकता बनाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

झुठा विवरण पेश गरी नागरिकता बनाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ


  • 1.1K
    Shares

    • images
    झुठा विवरण पेश गरी नागरिकता बनाउन  सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

    काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिकाका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । झुठा विवरण पेश गरी नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्षलाई प्रकाउ गरेको हो । 

    चारजना शंकास्पद व्यक्तिहरूको नागरिकता बनाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष सुबोध राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । शंकास्पद व्यक्तिलाई नागरिकता दिलाउन वडाध्यक्ष यादवले सिफारिस गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले बताएका छन् ।

    असोज ५ गते यादवलाई पक्राउ गरिएको छ । नागरिकतासम्बन्धी कसुर मुद्दा जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताएका छन् ।  
     

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - १२:१८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij