२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिकाका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । झुठा विवरण पेश गरी नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्षलाई प्रकाउ गरेको हो ।
चारजना शंकास्पद व्यक्तिहरूको नागरिकता बनाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष सुबोध राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । शंकास्पद व्यक्तिलाई नागरिकता दिलाउन वडाध्यक्ष यादवले सिफारिस गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले बताएका छन् ।
असोज ५ गते यादवलाई पक्राउ गरिएको छ । नागरिकतासम्बन्धी कसुर मुद्दा जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij