२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको बताएका छन्।
पश्चिमा र अन्य शक्तिहरुले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंशा समेत गरेका छन्। प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरुले संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि बताएका छन् ।
उनले जेनजी पुस्ताले आफूहरुको माग पूरा गराउनका लागि दबाब दिएपनि मुलुकमा चुनाव हुन नसक्ने अवस्था आउने जिकीर गरेका छन् । महासचिव मैनालीले नेपालमा संविधान मास्नका लागि वाह्य शक्तिहरुले चलखेल गरिरहेको पनि बताएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij