२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
तीन सहसचिवको जिम्मेवारी आइतबारबाट हेरफेर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याइएको छ। सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको छ ।
त्यसैगरी, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाएको छ । यसअघि सहसचिव आचार्यले तालिम केन्द्रको प्रमुखको रुपमा काम गरिरहेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij