२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ भने गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको हालसम्मकै उच्च भएको छ । आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय २० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij