Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

कारागारबाट भागेका ११ कैदीबन्दी गोरखाबाट पक्राउ

कारागारबाट भागेका ११ कैदीबन्दी गोरखाबाट पक्राउ


  • 1.0K
    Shares

    कारागारबाट भागेका ११ कैदीबन्दी गोरखाबाट पक्राउ
    images
     

    गोरखा । विभिन्न कारागारबाट भागेका ११ जना कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।

    कास्की कारागारबाट भागेका ६ जना, केन्द्रीय कारागारबाट फरार २ जना, तनहुँ कारागारबाट फरार २ जना र बालसुधार गृह भक्तपुरबाट फरार ११ जना गोरखामा पक्राउ परेका हुन् ।

    तनहुँ कारागारबाट फरार भएका सिरानचोक–४ का भरत ठकुरी, केन्द्रीय कारागारबाट फरार भएका धादिङको धुनवेशी–२ का भुवन तामाङ र बाल सुधार गृह भक्तपुरबाट फरार गोरखा नगरपालिका–९ की सुस्मा मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । ठकुरी जबर्जस्ती करणी कसुरमा तनहुँ कारागारमा रहेका थिए भने तामाङ र मग्राती मानव बेचबिखन मुद्दामा कारागार चलान भएका थिए । यसअघि पनि गोरखा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ ।

    केन्द्रीय कारागारबाट भागेका धनकुटाका सुमन सुन्दास र कास्की कारागारबाट भागेका पालुङटार–२ का बाबुराम नेपालीलाई गोरखा प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जना जबर्जस्ती करणी मुद्दामा कारागार चलान भएका थिए ।

    गोरखाको चुमनुव्री–६ चुम्चेत घर भएका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम ग्याल्जेन लामा र तेन्जिङ लामा, भिमसेन थापा–१ मसेलका राजेश सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा कास्की कारागारमा रहेका उनीहरु पाँचै जना भदौ २४ गते फरार भएका थिए ।

    त्यस्तै, चोरी मुद्दामा तनहुँ कारागारमा रहेका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटीलाई पनि गोरखा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले बताए ।

     

    प्रकाशित मिति :आश्विन ४ २०८२ शनिवार - १४:५३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij