२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेत्री राउतले सामाजिक सञ्जाल इन्टाग्राममार्फत् उक्त जानकारी दिएकी हुन् ।
उनले गन्ध हराएको र खोकी लागिरहेका कारण कोरोना परीक्षण गराएको उल्लेख गरेकी छिन् । साथै, अहिले आफू ठीक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छन् ।
वर्षाले चाँडै नै ठीक भएर काममा फर्किने अपेक्षा व्यक्त गर्दै सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij