२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तीपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् । उनले वास्तविक जेनजी को हो रु भनेर ठम्याउनुपर्ने बेला भएको उनको भनाइ रहेको छ ।
उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताएका छन्। उनले आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको भएपनि घर जलाइएको आपत्ति जनाएका छन् ।
उनले भने, ‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरु मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको र छातिमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरु आन्दोलनमा घुसेका छन् । सबैभन्दा पहिले त हामीले यो जेनजी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्यो । उनीहरुले तीन वटा कुराहरु उठाए । सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर पछि उनीहरुले त हरेक ठाउँमा आगो लगाए । मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिए रु थाहा छैन । चार चोटि जिते मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ । मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो रु यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’
संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij