Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, छाप्नका लागि पञ्जीकरण विभागसँग समन्वय गरिने

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, छाप्नका लागि पञ्जीकरण विभागसँग समन्वय गरिने


  • 1.0K
    Shares

    स्मार्ट लाइसेन्सको डेटा सुरक्षित,  छाप्नका लागि पञ्जीकरण विभागसँग समन्वय गरिने
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको कर्मचारीहरुले बताएका छन् । 

    २३ र २४ भदौमा  जेनजी आन्दोलन चर्किंदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा पनि आगजनी भएको थियो ।

    आगजनीबाट इम्बोस्ड नम्बरका सबै डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र छापिसकिएको १२ लाख थान स्मार्ट लाइसेन्समध्ये करिब ६ लाख थान लाइसेन्स जलेर नष्ट भएको छ । बाँकी रहेको ६ लाख थान स्मार्ट लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ ।

    शुक्रबार बिहान यातायात व्यवस्था विभाग परिसरको सरसफाइ कार्यक्रममा सहभागी हुन पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका कुलमान घिसिङलाई कार्यालयका कर्मचारीहरूले स्मार्ट लाइसेन्सका डेटा रिकभर गर्न मिल्ने अवस्थामा रहेको जानकारी दिएका छन् ।

    मन्त्री घिसिङले अत्यावश्यक लाइसेन्स छाप्नका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरिने बताए ।

    यातायात व्यवस्था विभागका अनुसार २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको छ । त्यो छाप्ने सामग्रीका लागि तत्काल टेन्डर आह्वान गर्ने तयारी छ ।

     

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १४:३९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij