२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । विराटनगरमा बेवारिसे अवस्थामा फेला परेको कारबाट प्रहरीले ५ सय ३८ किलोग्राम गाँजा बरामद गरेको छ ।
सडकको साइडमा बिहीबार राति प्रदेश १-०२-००१ च १६६६ नम्बर भएकोको कार बेवारिसे अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताएका छन् । उनका अनुसार कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा भित्र गाँजा भेटिएको छ।
गाँजा लोड गरिएको कार बेवारिसे अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र हाटखोलाबाट खटिएको टोलीले कारभित्र १५ वटा बोरामा प्याक गरेको अवस्थामा गाँजा फेला पारेको थियो ।
१५ वटा बोरामा ५ सय ३८ किलो गाँजा भएको एसपी चिमरियाले बताएका छन् । फरार रहेका चालकसहित गाँजा ओसारपसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij