२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । बाराको जंगलमा चारजना मान्छे खाएको र एकजनालाई घाइते बनाएको बाघलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएका विज्ञ टिमको सहयोगमा सेना र प्रहरीले बाघ नियन्त्रणमा लिएका हुन् ।
बाराको जितपुरमा ३ महिनाको बिचमा बाघले ४ जना मानिसलाई मारेको थियो भने एकजना सैनिक हवलदारलाई घाइते बनाएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनको ३ ठाउँमा राँगालाई बाँधेर क्यामरा जडान गरेका थिए । क्यामराले राँगोलाई आक्रमण गरेको फोटो कैद गरेपछि डार्ट गरेर बाघ नियन्त्रणमा लिइएको छ ।
सुरक्षाकर्मी र प्राविधिकहरूले ६ वटा हात्तीको सहयोगमा बाघ नियन्त्रणमा लिएका हुन् । नरभक्षी बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij