Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

केपी ओली सैनिक ब्यारेकबाट निस्किए, एमाले नेता कार्यकर्ताले पुर्‍याए डेरा

केपी ओली सैनिक ब्यारेकबाट निस्किए, एमाले नेता कार्यकर्ताले पुर्‍याए डेरा


  • 2.7K
    Shares

    केपी ओली सैनिक ब्यारेकबाट निस्किए, एमाले नेता कार्यकर्ताले पुर्‍याए डेरा
    images

    निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट बाहिरिएका छन्। २३ र २४ गते भएको जेनजीको आन्दोलन चर्किएपछि राजीनामा दिएर २४ गते दिउँसो सेनाको हेलिकप्टरमा ललितपुरको लेलेस्थित सैनिक ब्यारेक पुगेका ओली बिहीबार दिउँसो डेरा फर्किएका हुन्। 

    यसअघि निजी निवास बालकोटमा बस्दै आएका ओलीको घर आन्दोलनकारीले जलाएका छन्।  अहिले उनका लागि भक्तपुरस्थित गुण्डुमा डेरा खोजिएको छ। सबै व्यवस्था भएपछि एमाले नेता कार्यकर्ताले उनलाई गुण्डु पुर्‍याएका हुन्। 

    'उहाँ सैनिक ब्यारेकबाट बाहिर आउनु भयो। केही दिन उहाँ अब गुण्डु बस्नुहुन्छ' एमाले नेता महेश बर्तौलाले भने। अहिले ओली निवासमा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। 

    भदौ २३ गते जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध भन्दै काठमाडौँसहित देशभर प्रदर्शन गरेको थियो। उक्त दिनको प्रदर्शन हिंसात्मक भएको थियो। आन्दोलनपछि पनि राजीनामा नदिई आनाकानी गर्दै प्रहरी खटाएर पेल्ने रणनीति लिएका ओली २४ गते आन्दोलनकारीले बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमा भाग्न बाध्य भएका थिए।  

    उनी हेलिकप्टरमा भागेलगत्तै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासका केही भवन जलाएका थिए।  एमालेले भोलि संविधान दिवसको अवसरमा जेनजी आन्दोलनकारीले ध्वस्त बनाएको पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम गर्ने जनाएको छ। उक्त कार्यक्रममा ओलीलाई सार्वजनिक गरिने नेता महेश बस्नेतले बताएका छन्। 

    तर, एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने अध्यक्ष ओली तत्काल कुनै औपचारिक कार्यक्रममा सहभागी नहुने बताएका छन्। 

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १८:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij