Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

वाणिज्य विभागको बजार अनुगमन आजदेखि सुरु

वाणिज्य विभागको बजार अनुगमन आजदेखि सुरु


  • 680
    Shares

    वाणिज्य विभागको बजार अनुगमन आजदेखि सुरु
    images

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन सुचारु गरेको छ । हालै जेनजीको आन्दोलनका कारण रोकिएको अनुगमन बिहीबारदेखि पुन सुरु भएको हो ।

    विभागले बिहीबारदेखि बजार अनुगमनलाई तीव्रता दिइएको छ  । आज १५ वटा व्यवसायिक फर्म तथा उद्योगमा अनुगमन गरेको थियो । यसमध्ये मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराख्ने महाबौद्धस्थित एयु श्रृङगार कलेक्सनलाई ५१ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

    यसैगरी दुई वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन र ११ वटा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जानकारी दिएको छ । 

    साथै अहिले चाडपर्वलाई लक्षित  गरी खाद्यान्न, लत्ताकपडा, कस्मेटिक, गरगहना, माछा मासुजन्य पसलहरूमा बजार अनुगमन थालिएको विभागले जानकारी दिएको छ । 

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १७:५६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij